दफा
समितिको बैठक र निर्णय

५. समितिको बैठक र निर्णयः

(१) समितिको बैठक वर्षमा कम्तीमा ६ पटक बस्नेछ तर एक बैठक र अर्को बैठकको बीचको अवधि दुई महिनाभन्दा बढी हुने छैन ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) समितिका एक तिहाई सदस्यहरूले बैठक बस्नका लागि लिखित माग गरेमा अध्यक्षले त्यस्तो निवेदन परेको पन्ध्र दिनभित्र बैठक बोलाउनु पर्नेछ ।
(४) समितिको कूल सदस्य संख्याको कम्तीमा एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । तर पहिलो पटक गणपूरक संख्या नपुगी बैठक बस्न नसकेमा दोस्रो पटक कुल सदस्य संख्याको एक तिहाई सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ
(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सामान्य प्रशासन मन्त्रालयको द्दसचिवले बैठकको अध्यक्षता गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको निर्णय सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(९) समितिले अस्पतालको संचालन र विकास तथा चिकित्साशास्त्रको अध्ययनमा सहयोग पु¥याउने स्वदेशी वा विदेशी संस्थाका प्रतिनिधि वा व्यक्ति वा विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सकिनेछ ।